Techie IT
Samayabaddha
मंगलबार, २ असार, २०८३

नागरिक उन्मुक्ति पार्टी र जनतमत पार्टीद्वारा संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा अवरोध


काठमाडौं, २३ वैशख । नागरिक उन्मुक्ति पार्टी र जनतमत पार्टीले संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा अवरोध जनाएका छन्। प्रतिनिधिसभा बैठकमा दुवै दलले रेशम चौधरी पक्राउ परेको घटनामा सरकारको जवाफ माग्दै अवरोध गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टीले संसदमा उठाएको विषयमा सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ समेत गराइसकेका छन्। तर, पनि उनीहरूले अवरोध जारी राखेका छन्।

यसअघि बैठकको आकस्मिक समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेकी थिइन्। उनले एक कर्मचारीको व्यक्तिगत आक्रोशका कारण कानुनी प्रक्रियाबिना चौधरीलाई गिरफ्तार गरिएको भन्दै आक्रोश व्यक्त गरिन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट