प्रदीप नेपालको पशुपतिमा अन्तिम बिदाइ

काठमाडौं । बामपन्थी नेता एवं पूर्वमन्त्री प्रदीप नेपाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल,अर्थमन्त्री विष्णु पौडेल लगायत कम्युनिष्ट नेताहरुले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बामपन्थी नेता, पूर्वमन्त्री एवं साहित्यकार नेपालको ७१ वर्षको उमेरमा मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया