Techie IT
Samayabaddha
बिहीबार, २५ वैशाख, २०८२

सुनको मूल्य बढेर तोलाको एक लाख ९२ हजार २०० रुपैयाँ पुग्यो


काठमाडौं, २५ वैशाख । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो। महासंघका अनुसार आज सुन तोलाको १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो।

आन चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको हो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट