Techie IT
Samayabaddha
मंगलबार, २४ चैत्र, २०८२

आतंकवादविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा


काठमाडौं, २५ वैशाख । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्ने बताएका छन्।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति र पाकिस्तानी आंतकवादका विरुद्ध भारतको आक्रमण लगायतले नेपाललाई झन् जोखिम बनाएको बताए।

उनले वर्तमान समयको जटिलतालाई सामना गर्न सरकारलाई तयार रहन आग्रह समेत गरे। उनले आंतकवादीविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई पनि साथ र समर्थन दिनुपर्ने जिकिर गरे।

उनले धितोपत्र बोर्डका अध्यक्षका कमिसन काण्डहरू बाहिर आएको भन्दै यो विषयमा सरकारले दिनुपर्ने बताए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट