Techie IT
Samayabaddha
सोमबार, १९ साउन, २०८२

सिन्धुलीको तिनपाटनमा स्कुल भ्यान दुर्घटना, १७ बालबालिका घाइते


सिन्धुली, २५ वैशाख । सिन्धुलीको तिनपाटन गाउँपालिका २ भिमस्थानमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा १७ जना बालबालिका घाइते भएका छन् । तिनपाटन गाउँपालिका २ स्थित भिमस्थानस्थित गैरिशंकर बोडिङ्ग स्कुलको ना १ झ ६३०२ नम्बरको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुदाँ १७ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक लालध्वज सुवेदीका अनुसार घाइतेमध्ये ६ जना विद्यार्थीको अवस्था मध्यम छ । उनीहरुलाई उपचारको लागि सिन्धुली अस्पताल ल्याइँदैछ । अन्य घाइतेको भिमस्थान स्वास्थ्य चौकीमा उपचार जारी छ । भ्यानमा २५ जना सवार रहेका थिए । भ्यान आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो । थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए।


क्याटेगोरी : पालिका, समाचार, स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट