Techie IT
Samayabaddha
बिहीबार, २५ वैशाख, २०८२

नेप्से परिसूचक १२.६० अंकले घट्यो


काठमाडौं, २५ वैशाख । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १२.६० अंकले घटेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम एकैदिन एक अर्ब १३ करोड रुपैयाँले बढेको छ ।

आज ११ अर्ब ६५ करोडको सेयर कारोबार भएको छ । बुधबार १० अर्ब ५१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आज नेप्से परिसूचक ०.४७ प्रतिशत घटेर २६६१.०८ विन्दुमा बन्द भएको छ ।

आज ९६ कम्पनीको सेयर मूल्य बढेको छ । १५० कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र केस्ट माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट