जनतासँग माओवादीः मध्यपहाडी लोकमार्गको कार्यक्रम

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले “जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान” जेठ २ गते तय गरेको छ । सुदूरपश्चिमको बैतडी जिल्लाभाबाट औपचारिक रूपमा अभियानको उद्घाटन गरिने भएको छ ।
अभियान जेठ महिनाभर सञ्चालन हुने छ र यस अवधिमा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा पार्टीले व्यापक जनसंवाद र जनसभाहरू गर्ने तयारी गरेको छ ।
पार्टीले दिएको जानकारीअनुसार प्रत्येक प्रदेश समितिले एक(एक स्थानमा जनसभा आयोजना गर्नेछ भने प्रत्येक जिल्ला समन्वय समितिले एक(एक स्थानमा जनसंवाद कार्यक्रम गर्नेछ । यसै क्रममा पूर्व १ नं। प्रदेशमा भइरहेका जनसभाहरूलाई पनि अभियानमै समावेश गरिएको छ ।
जेठ १ गते – डडेलधुरामा बसोबास पुग्ने, जेठ २ गते – बैतडी पाटनमा जनसभा र डोटी दिपायलमा जनसंवाद, जेठ ३ गते – अछामको मंगलसेनमा जनसंवाद, जेठ ४ गते – दैलेख सदरमुकाममा जनसभा, जेठ ५ गते – जाजरकोटको खलंगामा जनसंवाद, जेठ ६ गते – पश्चिम रूकुम चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद, जेठ ७ गते – पूर्वी रूकुम रुकुमकोटमा जनसंवाद र रोल्पा थवाङमा जनसभा, जेठ ८ गते – वागलुङमा जनसंवाद, जेठ ९ गते – पर्वत कुश्मामा जनसंवाद, जेठ १० गते – पोखरा, कास्कीमा जनसभा गर्ने भएको छ ।
पार्टीले अन्य जिल्लाहरूको कार्यक्रम उपयुक्त समयमा तय गरिने जनाएको छ । अभियान अवधिभर लोकमार्गमा पर्ने प्रत्येक जिल्लामा ‘जनदिशा’ अनुसार बसोबासको व्यवस्था पनि मिलाइने जनाइएको छ ।
पार्टीले यो अभियानलाई जनतासँग सिधा संवाद गर्ने अवसरको रूपमा लिएको बताएको छ । विशेषगरी पुष्पलाल लोकमार्गको सामाजिक, आर्थिक, राजनीतिक महत्त्व र यसमार्गसँग सम्बन्धित योजनाहरूमा जनताको सरोकार तथा सहभागिता बढाउने अभियानको उद्देश्य रहेको महासचिव देव गुरुङले जानकारी दिएका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया