Techie IT
Samayabaddha
मंगलबार, २४ चैत्र, २०८२

कांग्रेसले भन्यो : हामी आतंकवादविरुद्ध छौँ


काठमाडौं, २६ वैशाख । सत्तारूढ दल नेपाली कांग्रेस कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको जनाएको छ। शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस आतंकवादको खिलापमा रहेको जानकारी गराएका हुन्।

उनले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा कांग्रेस रहेको बताए। ‘भारतको पहलगाममा जुन आतंकवादी आक्रमण भयो, त्यसको नेपाली कांग्रेसले कडा शब्दमा निन्दा पनि गरेका छौँ। हामी जहिले पनि आतंकवादको खिलापमा छौँ। आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्छौं। आतंकवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौँ। युद्धको स्थिति सिर्जना भएको छ, आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी सिभिलिएनमाथि पनि आक्रमण भएको छ। सैनिक अड्डाहरुमा पनि आक्रमण भएको छ, जवाफि कारबाही भएको छ।’ महतले भने,‘यो फुलस्केल युद्धको रुपमा परिणत नहोस्, शान्ति चाँडै बहाल होस्, भन्ने हामी चाहन्छौं। हामी आतंकवादको खिलापमा छौँ र आतंकवादलाई निरुत्साहित गर्नेतर्फ हामी सधैं साथमा छौँ।’

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट