Techie IT
Samayabaddha
शनिबार, २७ वैशाख, २०८२

कावासोतीमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइकै मृत्यु


नवलपुर, २७ वैशाख । नवलपुरको कावासोतीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

कावासोती–१ लोकाह खोला नजिकै भएको दुर्घटनाम कावसोती–११ शान्ति टोलका २२ वर्षीय ईश्वर दर्लामी र १९ वर्षीय सागर दर्लामीको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । मृतक दाजुभाइ हुन्।

देवचुलीको मुण्डेबाट लोकाहातर्फ आउने क्रममा उनीहरु सवार लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको नेपालले जानकारी दिए ।

अत्याधिक गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको कल्भडमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट