झापा, मोरङ र सुनसरीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२, झापाको दमक नगरपालिका–१ र सुनसरीको दुहबी नगरपालिका– ३ मा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार शनिबार भएका छुट्टाछुट्टै दुर्घटना तीन जनाको मृत्यु भएको हो ।
दमकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दमकको रवि स्टेण्ड गेट नजिकै बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग१ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे८प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटर चालक ताप्लेजुङको दोभान बस्ने २२ वर्षीय अंकीत लिम्बुको घटनास्थलमै मृत्यु भएको हो । स्कुटर पछाडि सवार पाचँथरको मिक्लाजुङ गाउँपालिका–४ की ४२ वर्षीया सृजना राई गम्भीर घाइते भएकी छन् । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । ट्रक चालक फरार छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया