Techie IT
Samayabaddha
सोमबार, २९ वैशाख, २०८२

जाजरकोटको कारागारभित्रै थुनुवा झुण्डिएको अवस्थामा मृत फेला


काठमाडौं । जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आइतबार बिहान जाजरकोटको भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत अवस्थामा फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले जानकारी दिए ।

‘आज (आइतबार) बिहान कारागारभित्रै झुण्डिएको अवस्थामा उहाँ भेटिनुभएको हो,’ शर्माले भने, ‘घटनाबारे थप अनुसन्धानको काम भइरहेको छ ।’

शर्माका अनुसार, मृत भटिएका थुनुवा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए ।

अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट