Techie IT
Samayabaddha
बुधबार, ७ असोज, २०८३

हामीले संयमित हुन आग्रह गरेका कारण भारत र पाकिस्तानबीचको युद्ध रोकियो : प्रम ओली


काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयमित हुन आग्रह गरेका कारण भारत र पाकिस्तानबीचको युद्ध रोकिएको टिप्पणी गरेका छन्।

सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहमा सरिक हुन पुगेका उनले सम्बोधनका क्रममा यस्तो टिप्पणी गरेका हुन्।

उनले बुद्धको सन्देश जहिले पनि सान्दर्भिक हुनेबारे चर्चा गर्ने क्रममा भने,’बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य छन्।’

यसै क्रममा उनले भारत र पाकिस्तानबीच झण्डै हात हालाहालको अवस्था भएकोमा आफूहरूले आग्रह गरेपछि त्यो रोकिएको अभिव्यक्ति दिएका हुन्। ‘भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालको स्थिति आएको थियो। हामीले संयमित हुन आग्रह गर्‍यौँ,’ उनले भने।

साथै, उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखेका छन्।

बुद्धका उपदेश, शान्तिका उपदेश, मानवताका उपदेश , करुणाका उपदेशलाई आत्मसात् गर्न हामी सबैले आवश्यक ठान्नुपर्नेमा समेत उनको जोड थियो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट