Techie IT
Samayabaddha
सोमबार, २९ वैशाख, २०८२

रेसुंगा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने


गुल्मी, २९ वैशाख । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ। विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुंगा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए। नेपाल एयरलाइन्सका जहाज अभाव र मौसम लगायतको कारण सेवा नियमित हुन सकेको थिएन। नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ। नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको हो।

रेसुंगादेखि काठमाडौंं ७ हजार ८० रुपैयाँ र काठमाडौंंदेखि रेसुंगा ७ हजार २ सय ८० रुपैयाँ एयरलाइन्सले भाडादर कायम गरेको छ। मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुन सकेको थिएन। हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा कतै उत्साह छाएको छ त कतै नियमित हुने हैन कि भन्ने आशंका समेत बढेको छ।

निगमको १८ सिट क्षमताको जहाजले हप्ताको प्रत्येक बुधबार बिहान साढे ६ : १० बजे काठमाडौंंबाट रेसुंगा र बिहान साढे ७ : १५ बजे रेसुंगाबाट काठमाडौंका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ। निगमको १८ सिट क्षमताको जहाजले उडान गरिरहेको छ। हवाई सेवा वृद्ध, बिरामी, सुत्केरीलगायत नागरिकका लागि सहज बन्दै गएको छ। साथै, हवाई पहुँचसँगै गुल्मीका रेसुंगा, रुरुक्षेत्र, धुर्कोट गुफा, टिमुरे ताल र मालिका पिस पार्कलगायत जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको आगमन पनि बढेको छ। हप्तामा ३ बार उडान हुने भएसँगै गुल्मीबासीलाई यात्रा थप सहजता मिल्ने अपेक्षासमेत गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट