Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

सेयर बजार १४.८७ अंकले घट्यो


काठमाडौं, ३० वैशाख । साताको दोस्रो कारोबार दिन मंगबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ विन्दुमा अडिएको छ।

कारोबारमा आएकामध्ये ७७ वटा स्टक्सको मूल्य बढ्दा १६८ वटाको घट्यो। एक स्टकको मूल्य भने स्थिर रह्यो। ३१४ स्क्रिप्सको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार ६१२ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्माक्युटिकल्सको सेयर १० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा यु्निभर्सल पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६७ करोड २० लाख मूल्य बराबरको सेयर कारोबार भयो।

नगदी ग्रुपको ५२ करोडको सेयर कारोबार हुँदा नेपाल माइक्रो इन्स्योरेन्सले ५१ करोड,सानामा माइ हाइड्रोपावरले ४७ करोड र राधी विद्युतले ४६ करोड बढीको सेयर कारोबार गरे। तीन समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्। यसदिन डेभलपमेन्ट,लाइफ इन्स्योरेन्स र मनु एण्ड प्रो समूहको उपसूचक बढ्दा अन्यको घटेको हो।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट