Techie IT
Samayabaddha
बुधबार, १ जेठ, २०८२

अमेरिकी डलरको भाउ घट्यो, अरुको कति ?


काठमाडौं, ३१ वैशाख । आज अमेरिकी डलरको भाउ घटेको छ भने बाँकी विदेशी मुद्राको विनिमय दरमा घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ केही घट्दा युरो र अस्ट्रेलियन डलरको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा रहेको छ । मंगलबार खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा थियो ।

आज युरो एकको खरिददर १५१ रुपैयाँ ३६ पैसा बिक्रीदर १५२ रुपैयाँ २ पैसा छ । मंगलबार १५१ रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा थियो ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा रहेको छ । मंगलबार एकको खरिददर ८७ रुपैयाँ १३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा रहेको छ ।

यस्तै, आज पाउन्डस्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा रहेको छ भने यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा रहेको छ ।

दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा रहेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट