Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक जेठ २ देखि २० गतेसम्म बन्द हुने


काठमाडौं, ३१ वैशाख। हेटौँडा–कुलेखानी–फाखेल–हुँदै काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड पर्सि जेठ २ गतेदेखि २० गतेसम्म बन्द हुने भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड कालोपत्रे गर्नुपर्ने भएकोले यो सडक खण्ड १९ दिनका लागि गाडीको आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ ।

बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय, हेटौँडामार्फत यो सडक खण्डको स्तरोन्नतिको कार्य हुँदै आएको छ ।

सडक बन्द हुने अवधिमा हेटौँडा–काठमाडौं वा काठमाडौं–हेटौँडा यात्रा गर्नुपर्ने गाडीले अन्य वैकल्पिक मार्गका रुपमा कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडक० को प्रयोग गर्नसमेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले निकालेको सूचनामा भनिएको  छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट