Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

सोमबार बस्न नसकेको मन्त्रीपरिषद् बैठक आज राति बस्दै


काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक आह्वान गरेका छन्।

बुधबार राति ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि प्रधानमन्त्रीबाट बैठक आह्वान भएको उनको सचिवालयले जनाएको छ।

सोमबार बस्न नसकेको बैठक आजका लागि बोलाइएको हो। आजको बैठकले गभर्नर नियुक्तिको लागि गठित सिफारिस समितिमा एकजना सदस्य नियुक्त गर्ने सम्भावना छ।

समितिका सदस्य डाक्टर विश्व पौडेलले राजीनामा दिएपछि सिफारिस समितिको एकपद रिक्त छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट