Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

सुनको मूल्य बढ्यो


काठमाडौं, ३१ वैशाख । स्थानीय बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ। बुधबार सुनको मूल्य पाँच सय रुपैयाँले वृद्धि भइ तोलाको एक लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन मंगलबार दुई हजार रुपैयाँले घटेर एक तोला सुन एक लाख ८४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य बढेपनि चाँदीको भाउ भने घटेको छ। आज एक तोला चाँदीको मूल्य १९ सय ६० कायम भएको छ। मंगलबार एक तोला चाँदी १९ सय ७० रुपैयाँमा खरिदबिक्री भएको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट