देश वृद्ध नेपाल दुःखी नेपालीको दिशामा गइरहेको छ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ, ३१ वैशाख । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश ठूलो संकटतर्फ धकेलिरहेको भन्दै संरचनासहितको क्रमभंगता नगरे संकट रोक्न नसकिने बताएका छन्।
राष्ट्रियसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले संकटबाट बचाउन सबै राजनीतिक दलका नेताहरूले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए।
उनले देशलाई अग्रगामी निकास कुनै पनि विषय विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा नपरेको आरोप लगाए। उनले देशलाई समृद्धिको दिशामा लैजान क्रमभंग हुने गरी कुनै विषय नसमेटिएको बताए।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता यथास्थितिवादको निरन्तरता भएको उनको भनाइ छ । उनले देश वृद्ध नेपाल दुःखी नेपालीको दिशामा गइरहेको बताए।
उनले हामी वृद्ध नेपाल दुःखी नेपाली बनाउने कि समृद्ध नेपाल सुखी नेपाली बनाउने भन्नेमा घोत्लिएर एउटा क्रमभंगता गर्नु जरुरी रहेको पनि बताए।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया