चिडियाखानामा दुर्लभ वन्यजन्तु रेडपाण्डा चोर्ने प्रयास असफल

ललितपुर, ३१ वैशाख । ललितपुरको जावलाखेलस्थित चिडियाखानामा दुर्लभ वन्यजन्तु रेडपाण्डा चोर्ने प्रयास असफल भएको छ । मंगलबार अपराह्न करिब ३ बजेतिर चिडियाखाना आएका दुई युवकले रेडपाण्डालाई झोलामा हालेर लैजाने प्रयास गरेका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार सुरक्षाकर्मीले शंका गरेपछि उनीहरू रेडपाण्डा छाडेर भागेका थिए । घटनाको अनुसन्धान भइरहेको छ ।
चिडियाखानामा हाल एउटा मात्र रेडपाण्डा छ । रेडपाण्डा नेपालमा पाइने दुर्लभ तथा संरक्षित वन्यजन्तु हो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया