Techie IT
Samayabaddha
बिहीबार, १ जेठ, २०८२

युरो, पाउन्डस्टर्लिङ र अष्ट्रेलियन डलरको भाउ बढ्यो, अमेरिकी डलरको भाउ घट्यो


काठमाडौं । आज युरो, पाउन्ड स्टर्लिङ र अष्ट्रेलियन डलरको भाउ बढ्दा अमेरिकी डलरको भाउ भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार विहीबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ १४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ७४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा थियोे ।

यसैगरी विहीबार युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रूपैयाँ ४३ पैसा छ । बुधबार युरो एकको खरिददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २ पैसा थियोे ।

आज युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८२ रूपैयाँ ३१ पैसा कायम भएको छ । बुधबार पाउन्डस्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा रहेको छ ।

स्विस फ्र्याङ्क एकको खरिददर १६२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १६३ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४४ पैसा छ । बुधबार अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा रहेको छ ।

क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ६८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ८८ पैसा र बिक्रीदर १०५ रूपैयाँ ३४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९० पैसा र बिक्रीदर १८ रूपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३० पैसा र बिक्रीदर ३६ रूपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५१ पैसा तोकेको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रूपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८७ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७४ पैसा र बिक्रीदर नौ रूपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १४ रूपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ४८ पैसा र बिक्रीदर २० रूपैयाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४४ पैसा र बिक्रीदर १७ रूपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ९२ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ७३ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५५ रूपैयाँ १९ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट