कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पाए सगरमाथा आरोहणको अनुमति

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहणको अनुमति पाएका छन् । गत वैशाख २१ मै आधार शिविरतर्फ लागेका शर्माले १० दिनपछि आरोहण अनुमति पाएका हुन् ।
पर्यटन विभागले बिहीबार शर्मालाई आरोहण अनुमति दिने निर्णय गरेको हो । “नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय विश्वप्रकाश शर्माले पर्यटन विभागवाट सगरमाथा आरोहण अनुमतिपत्र प्राप्त गर्नुभएको छ,” पर्यटन विभागको सूचनामा भनिएको छ ।
शर्माका निकटस्थ दिनेश थापा मगरका अनुसार शर्मा यसअघि नै तेङबोचे आधार शिविरमा पुगेर आरोहणको पूर्वाभ्यास गरिरहेका छन् । आरोहण अनुमति पाएपछि उनले औपचारिक रूपमा गाइड पाउनेछन् र गाइडको निर्देशनबमोजिम उनी अभ्यासमा सहभागी हुनेछन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया