Techie IT
Samayabaddha
बुधबार, १९ कात्तिक, २०८२

संघीय निजामती विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित


काठमाडौं, २ जेठ । संघीय निजामती विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा शुक्रबार बिहान बसेको बैठकबाट विधेयक पारित गरिएको हो ।

विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको छ । ट्रेड युनियनको अधिकार यथावत् छ ।

कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो ।

फरक मत

ट्रेड युनियनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले फरक मत राखे । उनले समिति सभापति रामहरि खतिवडालाई लिखित फरक मत बुझाएका हुन् । ट्रेड युनियन दलीय आधारमा बनाउन नहुने, आधिकारिक राखौँ भन्ने उनले प्रस्ताव गरेका छन् ।

उक्त विधेयक ०८० फागुन २१ गते सदनमा दर्ता गरिएको थियो । विधेयक ०८१ जेठ १५ गते संसदीय समितिमा पठाइएको थियो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट