Techie IT
Samayabaddha
शनिबार, ३ जेठ, २०८२

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन


झापा, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ ।

दमक नगरपालिकाका पूर्वप्रमुख समेत रहेका ७२ वर्षीय बुढाथोकीको बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो ।

उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए । विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा (एमाले) बाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।

उनको आज नै अन्त्येष्टि गरिने जनाइएको छ । पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेका छन् ।

उनले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट