Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध


काठमाडौं । बाढीले डाइभर्सन बगाएपछि हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ ।

गएरातिको पानीले बागमती खोलामा बाढी आएर डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ को सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट गाडी सञ्चालन हुँदै आएको थियो ।

अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट