भैरहवा कारागारमा रहेका रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै
काठमाडौँ, ५ जेठ । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ हुने भएको हो ।
लामिछाने हाल भैरहवा कारागारमा छन् । सहकारी ठगी, सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेशमा उनी पुर्पक्षका लागि थुनामा छन् ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया