करिब दुई सय किलो गाँजा सहित भीमफेदी गाउँपालिकाबाट दुई जना पक्राउ

मकवानपुर, ५ जेठ । भीमफेदी गाउँपालिका १ खोप्लाङखोलाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७२ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका ८ सिमपानी बस्ने २५ वर्षीय प्रदिप मोक्तान र मकवानपुरगढी गाउँपालिका ५ धादिङ बस्ने २५ वर्षीय समुद्र दाहाल रहेका छन् ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३ च ३४९६ नम्बरको कारलाई जाँच गर्ने क्रममा ४ वटा बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी कार चालक प्रदिप र कारमा सवार समुद्रलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया