Techie IT
Samayabaddha
सोमबार, १९ साउन, २०८२

नेप्से परिसूचक १९.३० अंकले बढ्यो


काठमाडौं, ५ जेठ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १९.३० अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ०.७४ प्रतिशतले बढेर २६२८.३६ विन्दुमा बन्द भएको छ ।

सोमबार सात अर्ब ३५ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १८५ कम्पनीको सेयर मूल्य बढेको छ । ६० कम्पनीको सेयर मूल्य घटेको छ । बोटलर्स नेपाल (बालाजु) र राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यस दिन सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंक र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन समूहको परिसूचक १.२४ प्रतिशतले घटेको छ । यस दिन परिसूचक सर्वाधिक बढ्नेमा विकास बैंक समूह छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट