Techie IT
Samayabaddha
सोमबार, ५ जेठ, २०८२

सप्तरी, रौतहट, चितवन र कास्कीमा अति भारी वर्षा


काठमाडौँ, ५ जेठ ।पछिल्लो १२ घण्टामा सप्तरी, रौतहट, चितवन र कास्कीमा अति भारी वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीमा १२०.२ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग मौमस पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो अहिले रोल्पा, कास्की, गोरखा, काठमाडौँ (कीर्तिपुर), दोलखा र सर्लाही सहित मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा हल्का पानी परिरहेको छ ।

महाशाखका अनुसार पछिल्लो १२ घण्टामा चितवनमा १ सय मिमिटर, रौतहटमा ११९.६, सप्तरी १०७ं.४ मिलिमिटर वर्षा मापन भएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट