Techie IT
Samayabaddha
बुधबार, ७ जेठ, २०८२

काठमाडौं सहित देशका विभिन्न ठाउँमा वर्षा : आज पनि धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना


काठमाडौं । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

कोशी, बागमती, गण्डकी प्रदेशलगायत सबै प्रदेशका केही ठाउँमा हिजो बेलुकादेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै कास्कीको पोखरामा ४३ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै दैलेखको ग्वाटीमा ३५, पर्साको विरगञ्जमा २८ दशमलव ६, नुवाकोटमा २९ मिलिमिटर जानी परेको मापन भएको छ । काठमाडौं उपत्यका, सिराहा, धनुषा, भोजपुर, कञ्चनपुरलगायतका ठाउँमा पनि पानी परिरहेको छ ।

आज पनि सबैजसो प्रदेशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

कोशी, मधेस, गण्डकी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका ‍एक(दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट