आज अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरु विदेशी मुद्राको विनमिय दर कति ?

काठमाडौं । आज अमेरिकी डलर र युरोपियन युरोको भाउ थोरै बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । मंगलबार खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा थियो ।
आज युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा कायम भएको छ । मंगलबार खरिददर १५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण भएको थियो ।
यस्तै, आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १४ पैसा र बिक्रीदर चार रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा रहेको छ ।
साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४ रुपैयाँ २० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६२ पैसा र बिक्रीदर २० रुपैयाँ ७१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २३ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७० पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया