Techie IT
Samayabaddha
शनिबार, १० जेठ, २०८२

प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको संयुक्त ज्ञापनपत्र


कास्की / ‘जनतासँग माओवादी–मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्कीमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।

उक्त ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) लगायत अन्य दुई समाजवादी धारका दलहरू सहभागी थिए ।

ज्ञापनपत्रमा कास्की जिल्ला तथा मध्यपहाडी (पुष्पलाल) लोकमार्गसँग सम्बन्धित समस्या, विकासका अवसरहरू तथा आगामी योजनाका सन्दर्भमा सुझावहरू समेटिएका छन् । दलहरूले विशेष गरी लोकमार्गको निर्माण कार्यमा देखिएको ढिलासुस्ती, स्थानीय जनताको सरोकार, विकास योजनामा समावेशिता, र क्षेत्रीय समन्वयको आवश्यकता जस्ता विषयमा अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

उक्त ज्ञापनपत्र बुझाउने क्रममा दलका प्रतिनिधिहरूले स्थानीयस्तरका आवाज तथा मागहरू केन्द्रसम्म पु-याउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएका थिए । अध्यक्ष प्रचण्डले ज्ञापनपत्र ग्रहण गर्दै सम्बन्धित विषयमा आवश्यक छलफल तथा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट