Techie IT
Samayabaddha
आईतबार, १ असार, २०८२

कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुरु भयो। कांग्रेस नेता गृहमन्त्री रमेश लेखकको सचिवालयसम्म भिजिट भिजामा घुस लिने गरेको आरोपमा मुछिए पछि गृहमन्त्रीकोे चौतर्फी राजीनामाको माग भइरहेको छ ।

आजको बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक ५० लाख घुस गृहमन्त्री सम्म पुग्ने गरेको आरोप लागेको छ । उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने जनस्तरबाट समेत भइरहेको छ ।

कांग्रेसभित्रै भिजिट भिसा दुरुपयोग र घुस लिएको आरोपमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीको अनुसन्धान भइरहेको बेला गृहमन्त्रीले राजीनामा दिन उचित हुने र नहुने दुई थरि अभिव्यक्तिहरु आइरहेको छ ।

कांग्रेस नेता शेखर कोइराला र उनी खेमाका नेताहरुले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सघाउन माग गरिरहेका छन् भने कृष्ण सिटौंला लगायत देउवा निकट नेताहरु कर्मचारी मुछिएको काण्डमा मन्त्रीले राजीनामा दिनु आवश्यक छैन भन्दै मन्त्रीको बचाऊ गरिरहेका छन् ।

उता सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको हिजो बसेको सचिवालय वैठकले कर्मचारीको गल्तीमा गृहमन्त्रीले राजीनामा दिन उचित नहुने निकष्र्ष निकालेको छ ।

गृहमन्त्री लेखकले आरोप प्रमाणित भए राजनीतिबाटै राजीनामा दिने बताएका छन् र संसदमा यस विषयमा जानकारी गराउनेछन्।

संसदको प्रतिपक्ष दलहरुले गृहमन्त्रीको चर्काे विरोध गर्ने तयारी गरिरहेको छ । संसद बैठक जेठ १३ गते बस्नेछ ।

आज बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पार्टीको संगठन सम्बन्धमा र आगामी आर्थिक वर्षको बजेटबारे पनि छलफल हुने बताइएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट