प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै वाईसीएलको प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै आज माइतीघरमा प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचार र मानवतस्करीको संरक्षण गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका थिए । प्रदर्शनकारीले नालायक गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, मानव तस्कर सरकार मुर्दावाद आदि लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उता संसदमा पनि प्रमुख प्रतिपक्ष नेकपा माओवादी, रास्वपा लगायतका दलहरुले गृहमन्त्रीको राजीनामा माग गरी आज संसद वैठक अवरुद्ध गरेका थिए ।
गृहमन्त्रालय अन्तर्गत अध्यागमन विभागका कर्मचारीले भिजिट भिजामा पैसा असुल गर्ने गरेको अभियोगमा अख्तियारले छानविन थालेपछि यो विषयले गृहमन्त्रीलाई नैतिक संटक उत्पन्न गराएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया