Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

माधव नेपालमाथि प्रतिशोध राखेर भ्रष्टाचारको मुद्दा लगाएको वरिष्ठ उपाध्यक्ष पाण्डेको आरोप


काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोध राखेर अध्यक्ष माधव नेपालमाथि मुद्दा दर्ता गर्न लगाएको आरोप लगाएका छन् ।

अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेपछि पाण्डेको यो प्रतिक्रिया आएको हो ।

पाण्डेले यो जग्गा प्रकरणमा नीतिगत निर्णय गरेको मात्रै हो भन्दै भ्रष्टाचारसँग जोडिने अध्यक्ष नेपालले कुनै अपराध नगरेको दाबी गरे । मन्त्रीपरिषद्लाई यस्ता नीतिगत निर्णय गर्ने अधिकार हुने पनि उपाध्यक्ष पाण्डेको भनाई छ ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री समेत भइसकेका पाण्डेले ‘अहिले यो मुद्दा दर्ता हुनु र आउँदो २८ गतेभित्र अख्तियारलगायत सबै संवैधानिक निकायहरूको म्याद सकिने फैसला पनि हुनाले यही छोटो अवधिमा के–के गर्नुपर्ने गरिभ्याउनुपर्ने बाध्यता भएकाले नै यो सबै भएको! आरोप लगाएका

यसअघि नै मुद्दा नचलाउने भनेर तामेलीमा राखिएको निर्णय उल्ट्याएर सरकारले मुद्दा चलाउनले प्रतिशोध भएको देखिएको दाबी गरे ।

उनले भने, ‘योमात्रै होइन गिरीबन्धुमा पनि यस्तै नीतिगत निर्णय भएका छन्, नीतिगत निर्णयलाई यसैगरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुन्छन् ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट