Techie IT
Samayabaddha
शनिबार, २८ भदौ, २०८२

बजेट पारित गर्न एमालेको ह्विप


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विनियोजन विधेयक, २०८२/८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पुर्ण सदस्यहरूलाई ह्वीप जारी गरेको छ।

एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको छ।

नेपाल सरकारद्वारा गत जेठ १५ गते संघीय संसद्मा पेश गरिएको आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक, २०८२ भोलि मंगलबार प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट