Techie IT
Samayabaddha
सोमबार, १६ असार, २०८२

धानखेतीमा परनिर्भरताको अन्त्य गर्नुपर्नेमा जोड


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताएका छन् ।

धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष दाहालले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष दाहालले आफ्नो शुभकामना सन्देशमा धानबाली हाम्रो प्रमुख खाद्यबाली मात्र नभएर यो हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको महत्वपूर्ण कडी पनि भएको बताएका छन् ।
समयमा मल, बीउ र सिँचाइको अभावले किसानले ठूलो कठिनाइ भोगिरहनुपरेको अध्यक्ष दाहालको भनाइ छ ।

शुभकामना सन्देशमा धानबालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणका लागि बीउ, मल तथा सिँचाइका साथै धान जोनहरूमा पर्याप्त लगानी जुटाउन सरकारसमक्ष माग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धानखेतीमा परनिर्भरताको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट