सीमावर्ती क्षेत्रमा एसएसबीद्वारा फायरिंग, एक घाइते

जनकपुरधाम । धनुषा जिल्लासँग जोडिएको नेपाल भारत सीमा क्षेत्रस्थित महिनाथपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चार राउन्ड गोली फायर गरेको छ ।
आज दिउँसा भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लाको ग्रामपञ्चायत–६ स्थित महिनाथपुर सीमा क्षेत्रमा यो घटना भएको हो ।
भारतीय व्यापारीहरूले रासायनिक मल नेपाल ल्याउने क्रममा एसएसबीसँग विवाद भएकाले उग्र रूप लिएपछि गोली चलेको बताइएको छ । विवादलाई नियन्त्रणमा लिने क्रममा एसएसबीले चलाएको गोली लागेर भारतीय व्यापारी भर्ता पासवानको दाहिने कम्मरमा चोट लागेको छ । चलाइएका चार राउन्ड गोलीमध्ये दुई राउन्ड पासवानलाई लागेको भारतीय एसएसबीले जनाएको छ ।
सो घटनापछि नेपालको विदेह नगरपालिका–१ स्थित महिनाथपुर सीमा र भारततर्फको सीमा पूर्ण रूपमा बन्द गरिएको छ । यसका साथै दुवै देशबाट आवतजावत गर्ने सर्वसाधारणलाई समेत रोक लगाइएको सशस्त्र प्रहरीले बताएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया