Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड


न्यूयोर्क । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्डबाट सम्मान गरिएको छ ।

उनलाई अमेरीकाको न्युयोर्कस्थित हामी नेपाली ग्लोवल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो ।

संस्थाले आइतबार बेलुका एक भव्य समारोहबीच घिसिङको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले बताए।

अवार्ड समारोहलाई सम्बोधन गर्दै कुलमान घिसिङले भने, ‘१८ घण्टासम्म लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिंग मुक्त बनाउन सम्भव भएको स्मरण गरे। जहाँ बत्ती नै थिएन त्यहाँ पनि पुरायौँ। अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ। प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौँ। व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ ।’

घिसिङ गत शुक्रबारदेखि अमेरिका, वेलायत र युरोप लगायत मुलुकहरुको भ्रमणमा रहेका छन् ।

त्यहाँ रहेका नेपाली संघसंस्थाहरुले गरेका विभिन्न कार्यक्रम तथा अन्तरकृया कार्यक्रमहरूमा सहभागी हुन उनि ती मुलुकहरुको भ्रमणमा गएका हुन् । उनको यो भ्रमण आगामी एक महिनासम्म चल्ने छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट