सांसदद्वारा बहुविवाहबारे सरकारसँग जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बहुविवाहको विवादित मस्यौदाका बारेमा सरकारको जवाफको माग गरेका छन् । बैठकको शून्य समयमा सांसदहरूले बहुविवाहलाई छुट दिने गरी कानुन बन्न लागेकोमा खेद प्रकट गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेले बहुविवाहबारे सरकारको धारणा माग गरेका छन् ? नेता पाण्डेले सार्वजनिक ?पमा उठेको यो प्रश्नको सदनलाई जवाफ दिनुपर्ने बताए । उनले महिला समन्वय समितिको यथाशीघ्र गठन गर्नसमेत माग गरे ।
मुलुकी अपराध संहिता, २०७४ ले बहुविवाहलाई पूर्ण निषेध गरेको छ । तर अपराध संहिताको दफा १७५ संशोधन गरी बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी मस्यौदा बनेको भन्ने विषयमा सांसदहरूले आपत्ति जनाएका हुन्
सांसद शान्ति विकले मुलुकी अपराध संहितामा संशोधन गरी बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने कानुन ल्याउन नहुने तर्क प्रस्तुत गरिन् । “घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने कानुन निर्माण गर्न खोजिएको हो ? एकलाई हक दिँदा अर्काेको हक खोसिँदैन ?”, उनले प्रश्न गरिन् ।
सांसद शेरबहादुर कुवँर, सुशीला सिर्पाली ठकुरी, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, सूर्यमान तामाङ दोङ, ज्ञानु बस्नेत सुवेदी र शान्ति चौधरीले यस्तो व्यवस्थाले संविधानप्रदत्त हकको हनन गर्ने भन्दै आपत्ति जनाए ।
“यतिबेलासम्म सरकार मौन बस्नु लज्जास्पद हो ”, सांसद सुवेदीले भनिन् । यसले सरकार सामाजिक र सांस्कृतिक कुरीतिको पक्षमा उभिन खोजेको स्पष्ट हुने उनको भनाइ छ । सांसदहरूले बहुविवाहसम्बन्धी प्रस्ताव दशकौँदेखिको महिला अधिकारको मर्मविपरीत रहेको तथा लैङ्गिक हिंसाका रूपमा मानिने भन्दै यो प्रस्ताव तु?न्त फिर्ता गर्न माग गरेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया