Techie IT
Samayabaddha
शनिबार, २८ भदौ, २०८२

अष्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा


काठमाडौं । अष्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेको छ । अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजले सोमबार यस्तो घोषणा गरेका हुन् । फ्रान्स, बेलायत र क्यानडाका नेतासँग मिलेर उनले पनि त्यसो गर्ने संकेत दिए ।

अष्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिन हप्तौंदेखिको आग्रह र गाजामा जारी भोकमरीको बारेमा स्पष्ट अडान नलिएको भन्दै अल्बानीज सरकारको आलोचना भइरहेको थियो । यही बिचमा उनले यो घोषणा गरेका हुन् । अष्ट्रेलियाको सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा नयाँ र व्यापक सैन्य आक्रमणको लागि हालैका दिनमा घोषणा गरेको योजनाको पनि आलोचना गरेको छ ।

सोमबार मन्त्रिपरिषद्को बैठकपछि अल्बानीजले पत्रकारलाई बताएअनुसार प्यालेस्टिनी राज्यलाई मान्यता दिने अष्ट्रेलियाको निर्णय सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा औपचारिक रूपमा लागू हुनेछ । यो स्वीकृति ‘अष्ट्रेलियाले प्यालेस्टिनी प्राधिकरणबाट प्राप्त गरेको प्रतिबद्धतामा आधारित छ,’ अल्बानीजले भने ।

ती प्रतिबद्धतामा प्यालेस्टिनी सरकारमा हमासको कुनै भूमिका नहुने, गाजाको सैन्यीकरण रोक्ने र चुनाव आयोजना गर्ने कुरा समावेश छ । ‘मध्यपूर्वमा हिंसाको चक्र तोड्न र गाजामा द्वन्द्व, पीडा र भोकमरीको अन्त्य गर्न दुई–राज्य समाधान मानवताको उत्तम आशा हो,’ अल्बानीजले भने । एपी


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट