Techie IT
Samayabaddha
शनिबार, २८ भदौ, २०८२

बाग्मती प्रदेशमा लामा पक्षलाई बानियाँले दिए धोखा !


काठमाडौं – बागमती प्रदेश मुख्यमन्त्री इन्द्र बानियाँले सरकार विस्तार गरेका छन । उनले कांग्रेसबाट युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला मन्त्रीमा प्रभात तामाङ, सहकारी तथा गरिबी निवारण मन्त्रीमा विनु रायमाझी र संस्कृति मन्त्रीमा सुरेश श्रेष्ठलाई नियुक्त गरेका हुन्।

बलपूर्वक हटाईएका मुख्यमन्त्री बहादुर लामाको पक्षका कसैलाई पनि मन्त्री बनाईएन । सभापति शेरबहादुर देउवा समेतको सहमतिमा लामा पक्षका तीन मन्त्री बनाउने सहमति थियो ।

मुख्यमन्त्री बानियलाई विश्वासको मत दिनको लागि बहादुर सिहं लामाले आफूले पछिल्लो पटक मन्त्री नियुक्त गरेका ३ जनालाई मन्त्री बनाउन शर्त राखेका थिए ।

बानियाँले साउन २७ गते विश्वासको मत पाइसकेका छन् । बहादुर पक्षीय १४ जना सांसदहरुले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन भन्दा अगाडि आफ्ना पक्षका ३ मन्त्रीलाई सपथ खुवाउन शर्त राखेका थिए । बानियाँको मुख्यमन्त्री पदनै एक हप्तामा धरापमा पर्न लागेपछि कांग्रेसका शिर्ष नेताहरु सबै बहादुर पक्षलाई फकाउन र मनाउन लागेका थिए । तर अन्त्यमा उनीहरुलाई धोका मिलेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट