Techie IT
Samayabaddha
शनिबार, २८ भदौ, २०८२

कांग्रेस महामन्त्री गगन थापाको अपिल “हामी सच्चिनेछौं, अनि झन् बलियो भएर उठ्नेछौं”


काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ गतेका घटनाबारे पार्टीको आधिकारिक आत्मालोचना गर्दै देशसँग माफी मागेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै अकल्पनीय घटना हुँदा पनि कांग्रेस सरकारमा भएकै कारण यसको दोष पार्टीको अनुहारमा लागेको स्पष्ट पारे । उनका अनुसार यो घटना कुनै एक व्यक्ति वा समूहको मात्र जिम्मेवारी होइन, सिंगो कांग्रेसलाई नै दाग लागेको अवस्था हो, त्यसैले पार्टीका तर्फबाट देशसँग खुलेर माफी माग्नु आवश्यक भएको हो ।

पार्टी कार्यकर्तालाई सम्बोधन गरिएको भिडिओ सन्देशमा गगन थापाले भाद्र २४ गते आँकलन गर्न नसकिने गरी क्षति पुगेको प्रसङ्गमा भने, “हाम्रा सम्पदाहरू, हाम्रा कार्यालयहरू कहाँ कति क्षति छ कसैले अनुमान गर्न पनि सक्दैनौं ।”
पार्टी सभापतिदेखि लिएर पार्टीका सयौँ साथीहरूमाथि भौतिक आक्रमण भएको छ । साथीहरूको घर, निजी सम्पत्ति छानीछानीकन आगजनी तोडफोड भएको छ,” उनले भने ।

“स्वाभाविक आक्रोशको कुरालाई हामीले स्वीकार गर्नुपर्छ, त्यसलाई सहज पनि बनाउँदै लिएर जानुपर्छ । तर जहाँ नियतवश भएको छ, ती घटनाहरू दण्डनीय छन् ।”

“तिनलाई कानुनको दायरामा लिएर आउनुपर्छ । त्यसैले तत्काल नयाँ सरकार बनिसके पछाडि नेपाली कांग्रेसको पहलकदमी रहन्छ, माग रहन्छ – भाद्र २३ र २४ दुवै दिनमा भएका अमानवीय जति पनि घटनाहरू छन्, जति पनि क्रूर घटनाहरू छन्, ती प्रत्येकको छानबिन हुनुपर्छ । प्रत्येक दोषी–जोसुकै होस– हाम्रो भित्रका हुन्, अरू हुन् सबैले कानुन अनुसारको सजाय प्राप्त गर्नुपर्छ । हामी त्यसका निम्ति काम गर्छौं ।”

महामन्त्री थापाले कांग्रेसले केवल माफीमा सीमित नभई पुनर्निर्माणको जिम्मेवारी पनि लिनुपर्ने आवश्यकता औंल्याए । उनले विगतमा माओवादीसँग सम्झौता गरेर गहिरो घाउ पुरेको जस्तै अहिले पनि पार्टीले समान जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने धारणा राखे । उनका अनुसार संकटका घडीमा उत्तेजना फैलाउने होइन, बरु समाजलाई जोड्ने, घाइतेलाई मलहम लगाउने र विभाजनलाई अन्त्य गर्ने भूमिका कांग्रेसले लिनुपर्छ ।

यस क्रममा उनले हालको संकट समाधानका लागि निरन्तर संवाद भइरहेको जानकारी पनि दिए । थापाका अनुसार कांग्रेसले राष्ट्रपति, अन्य दल र आन्दोलनकारीहरूसँग निरन्तर वार्ता गर्दै आएको बताए । उनले विशेषगरी जेनजी आन्दोलनकारीको मागअनुसार छानिएको व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने विषयमा दलहरूबीच सहमति हुन लागेको जानकारी दिए । सम्भवतः छिट्टै अन्तरिम सरकारको टुंगो लाग्ने अपेक्षा गरिएको उनले जनाए ।

भिडियो सन्देशमार्फत थापाले कांग्रेस सच्चिने, बलियो भएर पुनः उठ्ने र तीव्र दलीयकरणबाट समाजलाई मुक्त गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले पार्टीभित्र अनावश्यक संरचना हटाउनुपर्ने, गुटउपगुट अन्त्य गरेर संगठनलाई सबल बनाउनुपर्नेमा जोड दिए । उनको भनाइमा अहिलेको संकटलाई अवसरका रूपमा उपयोग गर्दै कांग्रेसले आन्तरिक सुधारको यात्रा सुरु गर्न सके मात्रै देशलाई स्थायित्व र समृद्धितर्फ डोर्याउन सकिने कुरा आफ्नो भिडियो


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट