Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

माओवादी विद्यार्थी संगठनका नेताहरु भन्छन्– ‘प्रचण्ड र उनको पुस्ताले सक्रिय राजनीतिबाट बिदा लिनुपर्छ’


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी संगठनका नेताहरुले अब माओवादी आन्दोलनलाई बचाउनको लागि प्रचण्ड र उनका पुस्ताले सक्रिय राजनीतिबाट विदा लिनुपर्ने बताएका छन् । पछिल्लो जेन जी पुस्ताको विद्रोहमा प्रदर्शनकारीहरुले माओवादी पार्टीप्रति पनि आक्रोस पोखेपछि अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुले आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न थालेका छन् ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष बिराज थापाले अब ढिलाई नगरी प्रचण्ड र उनको पुस्ताले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने धारणा सार्वजनिक गरेका छन् । उनले अब पनि जनताको भावना र योगदानलाई सम्मान नगरेर सक्रिय राजनीतिमा फर्कने कोसिस गरेमा विद्यार्थी संगठनबाटै विद्रोह सुरु हुने चेतावनी दिएका छन् ।

उपाध्यक्ष थापाले “नेता र नेतृत्वले फेरी फर्कने कोसिस गरेमा हामी कोही पनि उनीहरुसँग सति जान नसक्ने भन्दै प्रचण्डले मार्ग प्रसस्त नगरे पार्टीले हटाउनु पर्ने, पार्टीले नसके कार्यकर्ताले हटाउन पर्ने, कार्यकर्ताले नसके फेरी जनताबाटै विद्रोह हुने” बताएका छन् । अहिले माओवादी पार्टीभित्र विद्रोहको ज्वाला बल्दै गएको छ । कार्यकर्ताको मनोवल बढाउन पनि नेतृत्वले सन्यास लिन पर्ने मत बलियो बन्दै गएको छ ।

त्यस्तै अर्काे विद्यार्थी नेता तथा शहीद परिवारका सदस्य प्रतिक कार्कीले पनि माओवादी आन्दोलनलाई अब संरचनागत पूनर्गठनको माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् “नौजवानहरुको एक दिने आन्दोलनले ढल्ने सत्ता चलाएर बसेका नालायकहरु लाजले पनि राजनीतिमा नफर्कनु पर्ने हो तर अनेक षड्यन्त्रका सिद्धान्त फ्याकेर फर्कने कोसिस गर्दै छन् । अहिलेलाई यत्ति भनौं तिमीहरूले देखाएको नांगो नाच हेर्न नसकेर जनताले तिमीहरूलाई सडकमा घिसारी सक्यो अब पनि राजनीतिमा फर्कने चोरबाटो खोजेर पार्टीको इतिहास, विचार, आदर्श र भविष्य माथि थप खेलवाड नगर। तिमीहरू माथि जनताले भ्रष्टाचार, नातावाद र कृपावादको गम्भीर आरोप लगाएको छ र राजनीतिक निलम्बनमा राखेको छ । चोर बाटोले यो छबि सुधार्दैन थप बिगार्ने मात्र हो। तिमीहरुले नशा फुलाएर संविधान, कानुन र विधिको शासनको रटान जति लगाए पनि हिजोको तिम्रो अकर्मण्यताको कारण जनताले तिम्रो त्यो कुरा पत्याउन छाडी सक्यो । अब पार्टी नौजवान र निष्ठावानहरुलाइ जिम्मा लगाउ आज तिमीहरूले गर्न सक्ने र दिन सक्ने सबैभन्दा ठुलो र उत्तम योगदान यही हो !

त्यस्तै संगठनकै अर्काे युवा नेता सुमित थापाकाजीले प्रचण्डलाई जतिसक्दो यो आन्दोलन र नेपाली राजनीतिबाट बिदाई गर्नु पार्टी र देशको हितमा भएको बताए । अहिलेको अन्तरिम सरकारले भ्रस्टाचारको छानविन प्रचण्डबाटै सुरुवात गर्नुपर्ने माग उनले राखेका छन् । प्रचण्डको परिवारजन सदस्यको विलासी जीवनका कारण पनि यो देशले ठूलो क्षति बेहोर्न परेको थापाले बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट