माओवादी केन्द्रको सचिवालय बैठक बस्दै
	
				
			काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले आज सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाएको छ ।
सचिवालय सदस्य हरिबोल गजुरेलका अनुसार बैठकमा आसन्न विशेष महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट र तयारी सम्बन्धी विषयमा छलफल हुनेछ।
असोज ९ र १० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्तामा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको छ ।
यसअघि माओवादी केन्द्रले पूर्व पदाधिकारीहरूलाई सचिवालयमा रूपान्तरण गरेको थियो । आजको बैठकले महाधिवेशनका तयारी, समितिहरूको कार्यविभाजन र संगठन सुदृढीकरणका आगामी योजनामा समेत निर्णय लिने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : समाचार


				
				
				
				
				
				















प्रतिक्रिया