Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

माओवादीको सचिवालय बैठकले गर्यो फागुन २१ गतेको चुनावमा जाने निर्णय


काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गरेको छ।

सोमबार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले चुनावमा जाने निर्णय गरेको बैठकबाट बाहिरिने क्रममा महाधिवेशन आयोजक कमिटीका संयोजक प्रचण्डले बताए । पार्टी संयोजक प्रचण्डले चुनावमा जाने निर्णय गरेको र अन्य पार्टीहरूसँग छलफल गर्ने बताएका हुन्।

बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सो पार्टीको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने, ‘हामीले चुनावमा जाने निर्णय गरेका छौँ । यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल गछौँ ।’

संयोजक प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको पनि बताए ।

‘हामी कसरी अघि बढ्ने भन्ने कुरामा केन्द्रीय समितिबाट निर्णय गरिसकेका छौँ । हामी घोषित मितिमा चुनाव हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने छ’, उनले भने, ‘र, हाम्रो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिन्छ । अहिले अन्य राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको छ । केही समयपछि त्यसको परिणाम पनि देखिन्छ ।’

सोमबार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकमा पूर्व उपमहासचिव जनादर्शन शर्माले भाग नलिएको एक नेताले बताए । यसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट