भारतमा खोकीको औषधी सेवन गर्दा १८ बालबालिकाको मृत्यु ः एक डाक्टर पक्राउ
	
				
			काठमाडौं । भारतको मध्य प्रदेशमा खोकी औषधी कफ सिरपको सेवनबाट कम्तीमा १८ बालबालिकाको मृत्यु भएको छ।
मृत्यु हुने बालबालिकाहरू पाँच वर्षभन्दा कम उमेरका छन् र तिनीहरूको मृगौला फेलबाट मृत्यु भएको बताइएको छ, जसको कारण कोल्ड्रिफ्ट सिरपको सेवन थियो। प्रहरीले यो सिरपमा डाइथिलिन ग्लाइकोलको मात्रा सुरक्षित सीमाबाट लगभग ५०० गुणा बढी रहेको जानकारी दिएको छ। सिरपको प्रिस्क्रिप्शन दिएका डाक्टर डा. प्रभीन सोनीलाई पक्राउ गरिएको छ।
डा सोनी पक्राऊलाई लिएर भारतका चिकित्सक समुदायमा व्यापक विरोध भएको छ। भारतीय चिकित्सा संघले डा सोनीको पक्राउलाई निन्दा गर्दै ‘अपमानको शिकार’ भएको आरोप लगाएका छन् र ती मृत्यूसँग सम्बन्धित जिम्मेवारी निर्माताहरू र नियामक निकायहरू रहेको संघको भनाइ छ।
भारतीय चिकित्सक समुदायले केन्द्रीय औषधि मानक नियन्त्रण संगठन र मध्य प्रदेश खाद्य र औषधि प्रशासनलाई सिरफमा विषालु पदार्थहरूको निगरानी गर्न असफल भएको आरोप लगाइएको छ।
यसअघि पनि भारतीय कफ सिरफका कारण गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको थियो । त्यसैगरी भारतीय कफ सिरपकै कारण उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्यु भएको थियो।
सन् २०२३ मा भारतका स्वास्थ्य सेवाका महानिर्देशकले चार वर्षभन्दा कम उमेरका बच्चालाई दिइने एक सामान्य ज्वरो(रुघाखोकीको औषधिको फर्मुलामा प्रतिबन्ध लगाएका थिए। उक्त फर्मुलामा क्लोरफेनिरामाइन मालेएट र फेनिलएफ्रिन जस्ता औषधिहरू समावेश थिए, जुन सन् २०१५ मा स्वीकृत गरिएका थिए र सामान्यतया रुघाखोकी सिरपका मुख्य तत्वका रूपमा प्रयोग हुने गर्छन्।
ती औषधि निर्माण गर्ने कम्पनीहरूले कुनै गल्ती नभएको दाबी गर्दै आएका छन् र भन्छन् कि तिनका उत्पादनहरू निर्धारित मात्रा भित्र प्रयोग गर्दा पूर्ण रूपमा सुरक्षित छन्।
क्याटेगोरी : समाचार


				
				
				
				
				
				
















प्रतिक्रिया