Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

घुस डिल अडिओ प्रकरणमा पूर्वमन्त्री गुप्ता र श्रेष्ठविरूद्ध मुद्दा लिएर अदालत गयो अख्तियार


काठमाडौं । पोखराको लिचिबारीको घुस डिल गरिएको अडिओ प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरूद्ध अख्तियारले मुद्दा दर्ता गर्ने भएको छ।

बुधबार उनीहरूविरूद्धको मुद्दा लिएर अख्तियारको टोली विशेष अदालत पुगेको हो।

विशेष अदालतमा मुद्दा दर्ता हुने प्रक्रियामै रहेको अख्तियारका एक अधिकारीले जानकारी दिएका छन्।

‘फाइल पठाइएको छ। थप जानकारी केही बेरमा आउँछ,’ ती अधिकारीले भने।

विशेष अदालत स्रोतले पनि पूर्वमन्त्रीसहित ७/८ जना विरूद्ध मुद्दा आएको जनाएको छ। त्यसलाई हेर्ने र बुझ्ने काम भइरहेको अदालतको स्रोतले जानकारी दिए।

जेनजी युवाहरुले हिजो मंगलबार अख्तियार अनुसन्धान आयोगको कार्यालयमै पुगेर अख्तियार प्रमुख प्रेम कुमार राईको राजीनामा मागेर पत्र दर्ता गराएको भोलिपल्ट अख्तियारले सक्रियता देखाएको छ।

अडियो प्रकरण केही पहिला बाहिरिए पनि उनीहरु तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा आजसम्म जोगिदै आएका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट