Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

विवादका कारण प्रस्तावित दुई मन्त्रीको शपथ रोकियो


काठमाडौँ । अन्तरिम सरकारले सिफारिस गरेका चारजना मन्त्रीमध्ये दुई जनाको मात्रै आज शपथ ग्रहण भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेकामध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ हाललाई रोकिएको छ । सुनार निकै विवादित पात्रका रुपमा रहेका थिए ।

बब्लु गुप्ता र डा सुधा शर्मा गौतमले भने आज शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा दिउँसो साढे २ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी खगेन्द्र सुनारलाई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी गणपतिलाल श्रेष्ठलाई दिने गरी सिफारिस गरिएको थियो । तर, सुनारको नाम सार्वजनिक भएलगत्तै उनका विरुद्ध पुराना मुद्दा र विवाद बाहिरिएपछि प्रधानमन्त्री कार्कीले थप छलफल गरेकी थिइन् ।

त्यसपछि प्रधानमन्त्रीको परामर्शमा दुवै—सुनार र श्रेष्ठ—को शपथ हालका लागि रोकियो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट