कृषकहरुको लागि स्वर्णिम अवसर
काठमाडौं । कृषि विकास बैंकले कृषि कर्जाको लागि ६।४९ प्रतिशत ब्याजदरको अवसर प्रदान गर्ने निर्णय गरेको छ । यस बैंकले देशको साझा समृद्धि कृषि उत्पादनबाट सम्भव छ भन्ने ध्येयका साथ कृषकहरुलाई यो सहुलियत ऋण प्रदान गरेको हो ।
५.४९ प्रतिशत आधार दरमा १ प्रतिशत मात्र प्रिमियम थप गरी ब्याजदर कायम गरिएको कृषि विकास बैंकले जनाएको छ । कृषि कर्जाबाट किसानहरुले गाई पालन गर्न, तरकारी तथा फलफुल खेती गर्न ऋण प्रदान गर्ने लक्ष्य लिएको छ ।
कृषि विकास बैंकले दिएको यो सुविधा उपयोग गर्ने हो भने नेपालको कृषि उत्पादनलाई नयाँ उचाइमा पु¥याउन सक्ने ठानिएको छ । कृषि व्यवसायमा लागेका तथा नयाँ कृषि व्यवसाय गर्न सोंच बनाएकाहरुले यस स्वर्णिम अबसरलाई सदयोग गरौं ।
https://www.facebook.com/share/p/1Kg5VBkx7u/
क्याटेगोरी : अर्थ, समाचार



















प्रतिक्रिया